सुनिरहेको छु, धेरै पानी परिरहेको छ अरे तिम्रो सहरमा ज्यादा नभिज्नु नि फेरि पखालियो भने ति सबै भ्रमहरू – म याद आउन सक्छ ।
माया तिम्रो हैन मेरो त्यो भावनाहरुको लाग्छ, जसले बारबार काँडाको नियती भोग्दा पनि तिमीलाइ फूल देख्न छोड्दैन !
प्रेम विश्वासमा रोपिन्छ, भरोसामा बढ्छ , श्रद्वामा फक्रिन्छ , आशामा जिउछ , आधुनिकतामा घायल हुन्छ , महत्वकांक्षाले बिरामी पर्छ ।
खुट्टामा ठेस लाग्दा एकछिन दुख्छ विस्तारै निको पनि हुन्छ तर जब मनमा ठेस लाग्छ नि जिन्दगीभर चस्किरहन्छ, बल्झिरहन्छ र दुखिरहन्छ ।
तिम्रा यादहरु सधै हेल्ने सिसामा प्रतिबिम्बित भएको देख्छु । कहिले काही रिसले फुटाइ पनि दिन्छु तर बिडम्बना ती यादहरु अझै धेरै अटुट बनि छरिएर आईदिन्छन् ।