खुट्टामा ठेस लाग्दा एकछिन दुख्छ विस्तारै निको पनि हुन्छ तर जब मनमा ठेस लाग्छ नि जिन्दगीभर चस्किरहन्छ, बल्झिरहन्छ र दुखिरहन्छ ।
जब तालमा पानी हुन्छ माछाले किरालाई खान्छ अनि जब तालको पानी सुक्छ नि किराले माछालाई खान्छ । पालो सबको आउछ बस् धैर्य राख ।
गएका चिजहरूलाई याद नगर, जे मिलेको छ त्यसलाई वर्वाद नगर किनकी समय सँग पनि समय छैन कि तिमीलाई फेरि समय दिओस् ।
एउटा उचाईमा उडिरहेका चराहरु मध्य परेवाले आगनको बिस्कुट देख्छ, कागले जुठेल्नको जुटो देख्छ, गिद्धले बरीको सिनो देख्छ । जस्तो सोच त्यस्तै भन्छन् जिन्दगीमा ।
समयले धेरै कुरा सिकायो मलाई तर मन दुख्दा आँखालाई पनि आँसु झार्नु हुन्न भनि सिकाएको भए के हुन्थ्यो र ।