कसैलाई पाउन सकिन्न भनेपछि मान्छेलाई झन् उही चाहिन्छ। कसैले आफ्नो जीवनमा ढोका थुनिदियो भने उसैको ढोका ढकढक्याउन मन लाग्छ।
सकिन आँटेको चिजको महत्व धेरै हुँदो रहेछ। एक्जाम दिँदा अन्तिम अन्तिममा धेरै लेख्न मन लाग्छ नि त्यस्तै।
राम्रो घर हुनु, मिठा भोजन गर्नु, सुकिला कपडा लगाउनु आदिको अर्थ राम्रोसँग रहनु हो तर यो नै जीवनको लक्ष्य होइन । तिम्रो जीवनको गुणस्तर त कति शान्तपूर्ण र आनदपूर्वक बाचिरहेका छौ सो मा भर पर्दछ।
अगाडी बढ्नको लागि मसंग कुनै नियम छैन । मात्र, हरेक दिन म अझ राम्रो गर्न चाहन्छु, अझ राम्रो मान्छे बन्न चाहन्छु ।