कुनै पनि चिज थाप्ने हरेक मान्छेको अँजुलीले फरक हुन्छ। जसको अँजुली ठूलो हुन्छ, उसले धेरै पाउँछ। जसको सानो हुन्छ, उसले थोरै पाउँछ।
जीवनमा मुखले प्रेम गर्छु भन्नेहरू कदमकदममा भेटिन्छन् तर प्रेमको कठोर परीक्षा दिनु परे सबै दम तोड्ने गर्छन्।
म चाहन्छु कि, म ८० वर्ष पुगेपछि आफ्नो विगत फर्केर हेर्दा मैले पश्चाताप गर्ने कुराहरु धेरै कम होउन् । त्यसैले म अहिले कुनै पनि अवसरलाई छोड्न चाहन्न ।